रौतहटमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका राजपुर तथा ईशनाथ नगरपालिकाका २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज पुष्टि भएका सबै सम्बन्धित नगरपालिकाका क्वारेन्टाइननमा बस्नेहरु रहेको स्थानीय प्रशासनले जानकारी दिएको छ । संक्रमितमध्ये २४ जना राजपुर र २ जना ईशनाथ नगरपालिकाका रहेका छन् ।
उनीहरू सबै भारतका विभिन्न सहर हुँदै रौतहट आएका हुन् । उनीहरुलाई सम्बन्धित पालिकाले क्वारेन्टाइमा राखेर स्वाब परीक्षणका लागि पठाएको थियो । कुल १ सय २३ जनाको परीक्षणको गरिएकोमा २६ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
उनका अनुसार संक्रमति सबैको स्वास्थ्य स्थिति सामान्य छ । अहिले उनीहरुलाई राजपुर नगरपालिकाको स्वास्थ्य चौकीको आइसोलेसनमा राखेर उपचार गर्ने तयारी भइरहेको छ ।