सोमबार थप १८ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।
वीरगन्जको नारायणी अस्पतालमा उपचाररत १८ जना कारोनाबाट संक्रमण मुक्त भएर डिस्चार्ज भएको अस्पताले जनाएको छ। उनीहरू सबै जनाको पछिल्ला दुई पटकको पिसिआर टेस्टको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो।
यसअघि हिजोमात्रै वीरगन्जमा १७ जना कोरोना मुक्त भएका थिए। यसरी २ दिनमा मात्रै त्यहाँ २७ जना डिस्चार्ज भएका हुन्।