logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेती नदीमा डुबेर एक युवकको मृत्यु


अंकुरण खबर
1.612K
Shares

पौडी खेल्ने क्रममा सेती नदीमा डुबेर सोमबार एक युवकको मृत्यु भएको छ ।

शुक्लागण्डकी नगरपालिकामा–४ गाछेपानीका रामबहादुर मगरको घरमा डेरा गरी बस्ने  २५र२६ वर्षका पप्पु नाम गरेका व्यक्तिको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

नाम, थर र वतन खुल्न नसकेका ती व्यक्ति केही महिनाअघिदेखि शुक्लागण्डकी क्षेत्रमा कबाडी सामान संकलन गर्ने र एक्लै डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ ।

शुक्लागण्डकी ४ र  ८ नं जोड्ने पक्की पुलभन्दा माथि सेतीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

पौडी खेल्ने क्रममा बाँकटे हान्दा डुबेका मधेशी मूलका व्यक्तिलाई एक छिनपछि नदीले बगाएको गाईवस्तु हेर्न गएका गोठालाले देखेपछि प्रहरीमा खबर गरिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

शव परीक्षणका लागि दमौली अस्पताल पठाउने तयारी भइरहेको बताइएको छ । रासस