logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषद् बैठक बस्दै, आजै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने


अंकुरण खबर
845
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाइएको हो ।

मन्त्रिपरिषद् बैठकपछि साँझ साढे ५ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा संबोधन गर्ने तयारी छ। कोरोना संक्रमणको महामारी फैलिँदै गएका बेला प्रधानमन्त्रीले यसमै केन्द्रित भएर सम्बोधन गर्न लागेका हुन्।

सरकारले कोरोना संक्रमणसँग जुध्न देश लकडाउन गरेको आज ६३ दिन पुगेको छ। आउँदो २० जेठसम्म लकडाउन यथावत् रहने निर्णय सरकारले यसअघि नै गरिसकेको छ।

लकडाउन शुरू भएपछि यसअघि पनि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेका थिए।