आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ भने केहीको बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ २३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८३ पैसा तोकेको छ।
आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ४ पैसा र बिक्रीदर ३३ रुपैयाँ २१ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ ११ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ७६ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ६० पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ३३ पैसा छ।
