logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतबाट आएका १७ जनाको कोरोना रिर्पोट नेगेटिभ


अंकुरण खबर
858
Shares

भारतबाट आई स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा बसेका माण्डवी गाउँपालिकाका १७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

वडा नं ३ माण्डवी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएकाको नेगेटिभ आएको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले बताए। पालिकाको वडा नं ५ रम्दीका उनीहरुको भारतबाट आएको छैटौँ दिनमा पिसिआर परीक्षण गरिएको र उनीहरुलाई १४ दिनपछि घर पठाइने जनाइएको छ।

त्यस्तै माण्डवी पालिकामा कार्यरत स्वास्थ्यकर्मी, देवीस्थान प्रहरीचौकीका इञ्चार्ज र जिल्ला ट्राफिक इञ्चार्ज गरी चार जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको गाउँपालिका अध्यक्ष रोकाले बताए। यस्तै ऐरावती गाउँपालिकामा भारतबाट आएका सात व्यक्तिको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ।

ऐरावती २ मोती माध्यमिक विद्यालय बरौलामा बस्दै आएका सात जनाको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले बताए।