logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अपरान्हपछि एक-दुई स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना


अंकुरण खबर
845
Shares

हाल नेपालको पुर्वी भू-भाग आसपासमा निम्न चापीय प्रणाली रहेको छ साथै स्थानीय वायुको पनि प्रभाव रहेको जल तथा  मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

हाल देशको पहाडी भू-भागका केहि स्थानमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा अपरान्ह पश्चात  सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । मध्य तथा  पूर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा  मेघगर्जन,चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

यस्तै रातीः  देशको पूर्वी तथा मध्य भू-भागमा सामान्य बदली रहनेछ। पश्चिमी पहाडी भू-भागहरुमा  आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया मौसम सफा रहनेछ । पूर्वी  र मध्य भू-भागका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।