logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ज्वरो आएपछि आइसोलेसनमा रहेकी गर्भवती महिलाको मत्यु


अंकुरण खबर
897
Shares

सप्तरीमा होम आइसोलेसनमा रहेकी एक गर्भवतीको मृत्यु भएको छ।

कञ्चनरुप नगरपालिका ११ की २४ वर्षीया गर्भवतीको मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

यादवका अनुसार एक हप्ता अगाडि नै महिलालाई ज्वरो आएको थियो । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि जेठ ८ गते राजविरास्थित एक क्लिनकमा उपचारका लागि लगिएको थियो।

क्लिनिकमा उनलाई पिसाबको संक्रमण भएको भन्दै चिकित्सकले औषधि दिएर होम आइसोलेसनमा बस्न सल्लाह दिएका थिए।

कोरोना संक्रमणसँग मिल्ने लक्षण देखिएकाले उनको स्वाब लिने तयारी भइरहेको यादवले जानकारी दिए।

२ सन्तानकी आमा ती महिला तेश्रो पटक गर्भवती भएकी थिइन्।