logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

छानबिन समिति बनाएर जाजरकोट घटनाको सत्यतथ्य बाहिर ल्याउँछौ : गृहमन्त्री थापा


अंकुरण खबर
1.313K
Shares

गृहमन्त्री रामबहादुर थापाले अन्तरजातीय विवाह गर्न खोज्दा रुकुमपश्‍चिममा भएको घटनाको छानबिन गर्न छानबिन समिति बनाउने बताएका छन्।

राष्‍ट्रिय सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री थापाले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गर्ने जानकारी गराएका हुन्। उनले भने, ‘घटनाको सत्यतथ्य छानबिन हुन्छ।’

वडा अध्यक्षकै संलग्नतामा उक्त घटना भएको आवाज उठेपछि सोधपुछका लागि सम्बन्धित वडा अध्यक्षलाई  नियन्त्रणमा लिइएको गृहमन्त्रीले बताएका छन्। त्यसैगरी, घटनामा संलग्न युवतीका परिवारका १२ जनालाई प्रहरीले अनुसन्धानमा लिएर सोधपुछ गरिरहेको उनले बताए।

नदीमा हराइरहेका तीन जनाको खोजीका लागि गोताखोर परिचालन गरिने गृमहन्त्रीले राष्ट्रिय सभालाई जानकारी गराएका छन्।

राष्ट्रिय सभाका सदस्यहरूले उक्त घटनाको स्पष्ट छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र घटनामा संलग्नलाई कडा कारवाही गर्न माग गरेका छन्।

जाजरकोटको भेरी नगरपालिका-४, रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना १९ जना साथीसहित १० जेठ बेलुकी रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँ स्थित प्रेमिकाको गाउँमा पुग्दा केटीका आफन्त र गाउँले मिलेर विकसहित ३ जनाको हत्या गरेका थिए।