प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पश्चिम रुकुममा दलित युवाले ज्यान गुमाएको घटनाको भर्सना गर्दै दोषीमाथि कारबाही प्रक्रियाबारे गृहमन्त्रीसँग जवाफ माग गरेको छ ।
राष्ट्रियसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीले घटनाको भर्सना गर्दै त्यो घटनामा सरकारले चालेको कदमबारे गृहमन्त्रीको जवाफ माग गरेका हुन् ।
‘मुलुकी ऐन २०२० ले छुवाछुतलाई दण्डनीय भनेको छ । ५४ वर्षपछि पारित अपराध संहिताले छुवाछुतलाई कठोर रुपले दण्डनीय बनाउने व्यवस्था गरेको छ’ उनले भने, ‘छुवाछुतको आधारमा मानव मानवबीच विभेद कायम रहनु हाम्रो सामाजिक व्यवस्थाको लज्जाको विषय ठहरिनुपर्छ ।
जाजरकोट नगरपालिकाका नवराज विक र रुकुम चौरजहारी नगरपालिका मलफर्कीकी केटीबीचको प्रेम सम्बन्धलाई युवतीवीचको जाजरकोट सम्बन्धलाई विहेवारीमा परिणत गर्न गएको केही दलितमाथि भएको सांघातिक र त्यो हमलाबाट बच्न भेरी नदीमा हामफाली ज्यान गुमाउन बाध्य पारिएको नृशंस घटनाप्रति म आफ्नो र आफ्नो पार्टीको तर्फबाट घोर भत्र्सना गर्न चाहन्छु ।’