स्याङ्जाका दुई पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
नयाँदिल्लीबाट ६ दिनअघि आएका उनीहरूको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। ती दुबै युवकलाई भारतबाट आउने बित्तिकै सिधै क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइन बसेका उनीहरुको पीसीआर परीक्षणको क्रममा दुबै जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।