मंगलबार थप ९० जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार आज (मंगलबार) अपरान्ह ९० जना संक्रमित थपिएका हुन् । ४६ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये महोत्तरी, जुम्ला, बारा, रौतहट, नेपालगञ्ज, अर्घाखाँची, बाँके, गुल्मी, कैलाली, कपिलवस्तु, स्याङ्जा, सुर्खेत, अछाम रुपन्देही र सिरहाका रहेका छन् ।
योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ७७२ जना पुगेको छ भने १५५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमित मध्येबाट चार जनाको मृत्यु भएको छ ।