logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सप्तरीमा थप ११ जना कोरोना संक्रमित


अंकुरण खबर
702
Shares

मंगलबार साँझ सप्तरीमा ११ जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

जसमा एक जना महिला र बाँकी सबै पुरूष रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए।

संक्रमितहरूमा बोदेबरसाइन नगरपालिकाका ८, बलानबिहुल गाउँपालिकाका २  र सुरुङ्गा नगरपालिकाका एक जना छन्।

उनीहरूलाई राजविराजस्थित गजेन्द्रनारायण अस्पतालको आइसोलेसनमा लगिँदैछ। उनीहरू सबै भारतबाट आएको स्वास्थ्य प्रमुख यादवले जनाए। भारतबाट आएपछि उनीहरूलाई सम्बन्धित पालिकाहरूको क्वारेन्टिनमा राखिएको थियो।

उनीहरूको स्वाब परीक्षण गर्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। योसँगै नेपालमा संक्रमितको संख्या ७ सय ८३ पुगेको छ।

आजै स्वास्थ्य मन्त्रालयले ९० जना संक्रमित थपिएको पुष्टि गरेको हो।