logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हेटौंडाकी २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
702
Shares

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौंकिटोलकी २५ वर्षीया गर्भवती महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जेठ नौ गते चितवनबाट हेटौंडा आएकी उनको हेटौंडा स्थित प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि भएपछि उनलाई भरतपुरस्थित आईसोलेसनमा लगिएको छ । उनका श्रीमानको पनि स्वाब संकलनको तयारी गरिएको छ ।

संक्रमित भेटिएपछि हेटौंडाको चौकीटोलवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । उनी बस्दै आएको घर भने शील गरिएको छ ।