निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण आज पनि देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ।
पूर्वी र मध्य पहाडी भेगमा चट्याङ र हावाहुरीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भूभागमा भने सामान्यतया मौसम सफा रहने छ।
मंगलबार (हिजो) दिउँसो मध्यम वर्षा भएको काठमाडौं उपत्यकामा आज पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। चट्याङसहितको वर्षा आगामी तीन दिनसम्म लगातार हुन सक्ने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
आज दिउँसोः देशको पूर्वी भू(भाग तथा मध्य पहाडी भू-भागहरुमा सामान्य बदली र पश्चिमी भू-भागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागमा मध्याह्न पछि थोरै स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरी सहित वर्षाको सम्भावना छ।
त्यस्तै रातिस् देशको पूर्वी र मध्य भू-भागहरुमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका केही स्थानका साथै पश्चिमी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना छ।