भारतबाट आएर क्वारेन्टाइनमा बसेका बागलुङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पोजेटीभ देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
बडीगाड गाउँपालिकाको एक विद्यालयको क्वारेन्टाइनमा रहेका २ र तमानखोला गाउँपालिकाको अर्को विद्यालयको क्वारेन्टाइनमा बसेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
यद्यपी संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ।
