बर्दियाको गुलरिया नगरपालिकाको क्वारेन्टिनमा रहेका एक वृद्धको आज मृत्यु भएको छ।
गुलरिया– ४ स्थित बबई क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नं ९ गोडियनपुर का ५५ वर्षीय जोधि गोडियाको बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।
ज्याला मजदूरीका लागि अछाम गएका उनलाई तीन दिन पैदल हिँडेर मङ्गलबार घर फर्कने क्रममा क्वारेन्टिनमा राखिएको थियो। उनसँगै फर्किएका १६ जनालाई क्वारेन्टिनमा राखिएको छ।
उनको स्वाब परीक्षण रिपोर्टपछि मात्रै कोरोना भए नभएको थाहा हुने जनस्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए ।