कोरोना भाइरस (कोभिड–१९)को चपेटामा दाङ पनि पर्न थालेको छ । जिल्लामा आज एकै दिन १५ जना कोरोना संक्रमित भेटिएका छन् ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा घोराही र लमही क्षेत्रका १५ जनामा कोरोना संक्रमण देखिएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १० का ३ जना वर्ष २४, ४० र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यसैगरी घोराही उपमहानगरपालिकाकै वडा नम्बर १८ का ४ जना २४, २५, ४० र ४२ वर्षका पुरुषमा पनि संक्रमण भएको पुष्टि भएको छ ।
आज बुधबार नै लमही नगरपालिका वडा नम्बर १ का २६ वर्षीय १ जना, वडा नम्बर २ का १७ र ३० वर्षका दुईजना, वडा नम्बर ४ मा १ जना २६ वर्षीय पुरुष, वडा नम्बर ५ का ३ जना २० वर्षका दुई जना र २३ वर्षका १ जना रहेका छन् ।
संक्रमित हुनेमा २० वर्षकी एक महिला पनि छन् । वडा नम्बर ६ का एकजना १८ वर्षीय पुरुष रहेका छन् । प्रतिष्ठानका अनुसार संक्रमितहरुको पूर्ण विवरण संकलन भइरहेको छ । उक्त विवरण दिउँसो ४ बजेपछि सार्वजनिक गरिने तयारी भएको छ ।