नेपालका विभिन्न स्थानमा आज ११४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
अहिलेसम्म अद्यावधिक विवरण अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सहित नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ। अहिलेसम्म नेपालमा १८३ जना निको भएर घर फर्किएका छन् भने चारजनाको मृत्यु भएको छ ।