logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुकुम पश्चिम सोती घटना : भेरी नदीमा चौथो शव भेटियो


अंकुरण खबर
3.094K
Shares

रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीमा गएको शनिवार बेलुका भएको घटनामा बेपत्ता भएका ६ जनामध्ये थप एक जनाको शव भेरीको किनारमा फेला परेको छ ।

भेरी नगरपालिका ११ का १८ बर्षिय लोकेन्द्र सुनारको शव बुधबार दिउँसो भेटिएको हो। उनको शव चौरजहारी १ स्थित चौरजहारी अस्पतालको नजिक रहेको अधेरे भन्ने ठाउँमा फेला परेको आफन्तजनले बताएका छन् । यससँगै उक्त घटनामा संलग्न ४ जनाको शव भेरी नदीमै फेला परेको हो ।

भेरी नगरपालिका ४ का नवराज बिकको शव शनिबार राति नै भेरी नदी किनारमा भेटिएको थियो । आइतबार उनसँगै गएका चौरजहारी नगरपालिका वडा नं. १ का २० वर्षीय टिकाराम विक र गनेश बुढाको शव घटनास्थलबाट झन्डै २५ किलोमिटर तल जाजरकोटको भेरी नगरपालिका वडा नं.१२ मा खोदा खोला नजिक भेटिएको थियो ।