logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कोरोना संक्रमित जिल्लाको सूचीमा थपियो रुकुम पूर्व


अंकुरण खबर
897
Shares

नेपालमा आज एकै दिन थप ११४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीका १२ जना, झापाका १७ जना, मकवानपुरका १ जना, रौतहटका ३५ जना, बाग्लुङका ६ जना, रुकुम पूर्वका ३ जना, दाङका १५ जना, बाँकेका १६ जना, सिरहाका १ जना र बाराका ८ जनामा नयाँ संक्रमण देखिएको छ ।

कोरोना संक्रमित जिल्लाको सूचीमा रुकुम पूर्व पनि थपिएको छ । आज रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १४ का १५, १८ र २३ वर्षका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो। अहिलेसम्ममा ४७ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

यो सहित नेपालमा हालसम्म संक्रमितको संख्या ८८६ पुगेको छ। संक्रमितबाट अहिलेसम्म नेपालमा १८३ जना निको भएर घर फर्किएका छन् भने चारजनाको मृत्यु भएको छ ।