भरतपुरमा थप १ जनालाई कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ।
भरतपुरको कोभिड-१९ परीक्षण प्रयोगशालामा परीक्षण भएका १ सय ५ वटा नमुनामध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। भरतपुर अस्पतालले बिहीबार बिहान सूचना जारी गरी यसको पुष्टि गरेको छ। ती व्यक्ति नवलपुरको देवचुली नगरपालिका–१ का बासिन्दा रहेको अस्पतालले जनाएको छ।
उनी अहिले भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालमा चिकित्सकको निगरानीमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सूचनामा उल्लेख छ।
भरतपुर अस्पतालका अनुसार १९ वर्षीय ती व्यक्ति जेठ १० गते भारतको हरिद्वारबाट आएर देवचुली नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए।