logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभरको मौसम आज कस्तो रहन्छ ?


अंकुरण खबर
858
Shares

देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने र केही क्षेत्रमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको मध्य क्षेत्रमा सामान्य बदली भएको छ । अरु क्षेत्रमा भने आंशिक बदली रहेको छ। नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यस्तै पूर्वी भू–भाग नजिकैको निम्न चापीय रेखा र स्थानीय वायुको पनि प्रभाव रहेकाले मौसम बदली भएको हो ।

बिहीबार दिउँसो पश्चिमी भू–भाग लगायत मध्य र पूर्वी पहाडमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुने छ । पश्चिमका केही स्थान साथै मध्य तथा पूर्वी पहाडका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति देशको मध्य र पूर्वी भू–भाग लगायत पश्चिममा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ। यस्तै मध्य र पूर्वका केही स्थानका साथै पश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।