प्रदेश दुईमा थप ७६ जना नयाँ संक्रमित थपिएका छन् ।
प्रदेश दुईको सामाजिक विकास मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमूना परीक्षणमा ७६ संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार अनुसार धनुषामा २९ जना, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
हिजो मात्रै प्रदेश २ मा ५६ नयाँ कोरोना सङ्क्रमित पुष्टि भएको थियो । प्रदेश २ मा ९७ जना संक्रमित कोरोनामुक्त भइसकेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९ सय ६२ पुगेको छ । निको भएर डिस्चार्ज हुने १ सय ८३ पुगेको छ भने अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ ।