logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा थप एक जनाको ज्यान गयो


अंकुरण खबर
1.69K
Shares

कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा थप एक जनाको ज्यान गएको छ ।

कलेजोको रोगका कारण किस्ट अस्पताल ललितपुरमा भर्ना भएका ललितपुर महानगरपालिका २२ बुङमतीका ५७ वर्षका एक पुरुषको ज्यान गएको हो । उनको ज्यान गएपछि कोरोनाको सङ्क्रमण भएको रिपोर्ट आएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले उनको रिपोर्ट कोरोना पोजेटिभ आएको जानकारी दिए। तर यस बारे स्वास्थ्य मन्त्रालयले भने औपचारिक पुष्टि गर्न बाँकी छ ।  कोरोना पोजेटिभ रिपोर्ट आएपछि किस्ट अस्पताललाई उच्च निगरानीमा राखिएको छ ।

उनलाई ११ गते अल्कोहलिक लिभर डिजिज भएपछि उपचारको लागि पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएपछि किस्टमा रिफर गरिएको थियो । उपचारकै क्रममा उनको बुधबार निधन भएको हो ।

यो सँगै नेपालमा कोरोनाका कारण ५ जनाको ज्यान गएको छ । यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा कोरोना सङ्क्रमणका कारण चारजनाको ज्यान गएको थियो  ।