logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दार्चुलामा पहिलो पटक २१ वर्षीय पुरुषमा कोरोना पुष्टि


अंकुरण खबर
1.495K
Shares

दार्चुलामा पहिलो पटक २१ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जेठ ८ गते धारचुला नाकाबाट भित्रिएका महाकाली नगरपालिकाका पुरुषमा कोरोना पुष्टि भएको हो ।

उनी भारतको दिल्लीबाट आएको बुझिएको छ । युवकको ढिलो गरी आएको (पीसीआर) रिपोर्टमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए ।

जेठ ८ गते धारचुलाको नाका खुलाइ उनीसंगै ३१९ जना भित्रिएका थिए । २१ वर्षीय युवक महाकाली नगरपालिकाको क्वारेन्टाइनमा बसेको थिए । उनी संगै बसेका अन्यको रिपोर्ट आउन बाँकी रहेको छ ।

कोरोना सक्रमितको जिल्ला अस्पत्ताल दार्चुलामा उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ । तर उनको कोरोना पुष्टि नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने छ ।