logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अनुमोदन गर्ने


अंकुरण खबर
2.665K
Shares

आगामी आर्थिक वर्षको बजेट आउन लागेको छ। त्यसको अनुमोदन गर्नका लागि बिहिबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।  बैठकले बजेट अनुमोदन गर्ने जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बिहिबार दिउँसो १ बजे राष्ट्रिय योजना आयोगको बैठक पनि बालुवाटारमा बस्दैछ।

त्यस्तै आजै अपराह्न ४ बजे संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट पेश गर्न लागिएको छ। त्यसका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै छ।

संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको छ ।