देशका विभिन्न ठाउँमा गरिएको परीक्षणमा एकै दिनमा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । १ सय ८७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने ५ जनाको मृत्यु भइसकेको छ।
हालसम्म देशभर ६० हजार ६ सय ९६ पिसिआर परिक्षण भएका छन् भने आरडिटि विधिबाट १ लाख २ हजार ३४ नमुनाहरु परिक्षण भएका छन्।
नेपालमा हाल ८६ हजार ५७ जना मानिसहरु क्वारेनटाइनमा रहेका छन्।