कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ।
ललितपुरका ५६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार बेलुका ग्वार्कोस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनलाई कलेजो सम्वन्धी समस्या थियो।परिवारले गत ११ जेठमा पाटन अस्पतालमा पुर्याए पनि आइसीयू उपलव्ध नभएपछि उक्त अस्पतालले किष्टमा रेफर गरेको थियो। उनको ज्यान गएपछि कोरोनाको सङ्क्रमण भएको रिपोर्ट आएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा कोरोना सङ्क्रमणका कारण चार जनाको ज्यान गएको थियो ।