logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बर्दिया क्वारेन्टिनमा मृत्यु हुनेको रिपोर्ट नेगेटिभ


अंकुरण खबर
1.287K
Shares

बर्दियाको गुलरिया नगरपालिकामा रहेको बबई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा मृत्यु भएका एक व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

उनको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको पिसिआर रिपोर्ट आज नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीले जानकारी दिए।

अछामबाट मजदूरी गरी फर्किएका गुलरिया नगरपालिका –९ का ५५ वर्षीय पुरुषको बुधबार क्वारेन्टिनमा मृत्यु भएको थियो।