logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालाजुमा मिनी ट्रक र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु


अंकुरण खबर
832
Shares

काठमाडौंको बालाजुमा मिनी ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

गोंगबुबाट बालाजुतर्फ आउँदै गरेको बा २ क ५४८५ नम्बरको मिनी ट्रकसँग ना ६५ प २८०१ नम्बरको स्कुटर ठोक्किँदा गए राति दुई जनाकोमृत्यु भएको हो ।

महानगरीय ट्राफिक महाशाखाकाका अनुसार दुर्घटनामा स्कुटरमा सवार बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बुढाको ट्रमा सेन्टर र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मिनी ट्रकका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।