logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

करेन्ट लागेर विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको मृत्यु


अंकुरण खबर
2.613K
Shares

रूपन्देहीमा करेन्ट लाग्दा विद्युत प्राधिकरणका एक कर्मचारीको  मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नं ८ दिपनगरमा रहेको सामुदायिक सिंचाइ प्रणालीको पम्पमा विद्युत मिटर जडान गर्ने क्रममा करेन्ट लागेर  तिलोत्तमा नगरपालिका मणिग्राममा कार्यरत प्राविधिक कर्मचारी मानबहादुर थारुको मृत्यु भएको हो ।

विद्युत प्राधिकरण शाखाका प्रमुख कमर आलम खाँनले मृत्क थारु तिलोत्तमा नगरपालिका वडा नं १० सेमराका स्थायी बासिन्दा  भएको बताए । उनी १६ वर्षदेखि विद्युत प्राधिकरणमा कार्यरत रहेको बताएको छ ।