logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा कोरोना भाइरसको संक्रमण जितेर घर जाँदै ८ जना


अंकुरण खबर
3.042K
Shares

कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आज ८ जना कोरोना संक्रमित निको भएर घर जाँदैछन् ।

दुईपटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज घर पठाउन लागिएको हो ।

आज निको भएर घर जानेमा कपिलवस्तुका ४ जना, बाँकेका ३ जना र दाङको गढवाका १ जना सहित जम्मा ८ जना कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्णबहादुर वलीले जानकारी दिए ।