रुकुम पश्चिम घटनाका दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।
मानव अधिकार तथा शान्ति समाजले उच्च स्तरीय निष्पक्ष छानबिन र दोषीहरुलाई कारबाहीको माग गर्दै काठमाडौँको बौद्धमा विरोध प्रदर्शन गरेको हो ।
घटनामा पाँच जना नागरिकको मृत्यु भएको छ भने एक जना अझै वेपत्ता छन् ।
विरोध प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले रुकुम पश्चिमको घटनामा संलग्न दोषीहरुलाई कानुन सम्मत कारबाही नभए दण्डहीनता विरुद्ध देशव्यापी आन्दोलन थाल्ने चेतावनी दिएका थिए ।