विदेशमा अलपत्र नेपालीहरूलाई ल्याउने विषयमा छलफल गर्न उच्चस्तरीय समितिको बैठक बस्दै छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज दिउँसो २ बजे बैठक बोलाइएको हो।
प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बैठकमा कोरोनाका विषयमा र विदेशबाट नेपालीहरूलाई फिर्ता गर्ने विषयमा छलफल हुने जानकारी दिए।
सरकारले विदेशमा समस्यामा रहेका नेपालीलाई स्वदेश फर्काउने बारेमा तयारी गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन विदेशमा रहेका नेपाली फर्काउने जानकारी दिएका थिए। चरणबद्ध रूपमा नेपालीहरूलाई फर्काउने सरकारको तयारी छ।
त्यस्तै बैठकमा कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण र लकडाउनको विषयमा समेत छलफल हुने छ।