logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सीमा नाकामा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ


अंकुरण खबर
780
Shares

भारतबाट फर्किने क्रममा सीमामै मृत्यु भएका युवकमा कोरोना नभएको पुष्टि भएको छ ।

चार महिनाअघि रोजगारीका लागि भारतको हरियाना गएका धनुषाको शहीद नगरपालिका ९ का वीरेन्द्र गुरमैता यादवको घर फर्किने क्रममा बुधबार बिहान जटही नाकामा ज्यान गएको थियो ।

उनको शवलाई नेपाली सेनाको टोलीले बुधबारै प्रादेशिक अस्पतालमा ल्याएपछि स्वाब संकलन गरिएको थियो । स्वाब संकलनपछि गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।

कोरोना नदेखिएपछि उनको मृत्यु भोकभोकै कारण भएको परिवारले दावी गरेको छ ।