logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित नेपालीद्वारा बहराइनको क्वारेन्टाइनमा आत्महत्या


अंकुरण खबर
520
Shares

कोरोना संक्रमण भएर क्वारेन्टाइनमा बसिरहेका एक नेपालीले बहराइनमा आत्महत्या गरेका छन् ।

ताप्लेजुङका ३८ वर्षीय एक पुरुषले उपचार भइरहेका बेला बिहीबार आत्महत्या गरेका हुन् ।

एक्सिलेन्सी इन्डस्ट्रियल एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत ती युवाले क्वारेन्टाइनभित्रको बाथरुममा झुन्डिएर आत्महत्या गरेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले पुष्टि गरेका छन् ।

बहराइनमा अहिलेसम्म ३ सय ३१ जना नेपालीमा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए । तीमध्ये धेरै नेपाली कोरोना मुक्त भइसकेको र संक्रमितलाई गुणस्तरीय उपचार पनि भइरहेको उनले राजदूत सुन्दासले बताए ।

बहराइनमा कोरोना संक्रमणबाट अहिलेसम्म १५ जनाको मृत्यू भएको छ जबकि त्यहाँ संक्रमितको संख्या १० हजार ५२ रहेका छन् । ५ हजार ४ सय १९ जना कोरोना मुक्त भइसकेको वर्ल्डोमिटरद्वारा प्रकाशित तथ्यांकमा उल्लेख छ ।

यसअघि बहराईनमा दुईजनाले छतबाट हामफालेर आत्महत्या गरेका थिए । मृत्यूपछि गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको थिएन ।