logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

अछामको क्वारेन्टिनमै जन्मियो बच्चा


अंकुरण खबर
949
Shares

अछामको मेल्लेख गाउँपालिकामा क्वारेन्टिनमा बसेकी एक महिलाले बच्चा जन्माएकी छन्।

वडा नम्बर ३ को नवदुर्गा आधारभुत विद्यालयको क्वारेन्टिनमा रहेकी एक महिलाले शुक्रबार बिहान छोराको जन्म दिएकी हुन्।

स्थानीय दत्तया नेपालीकी पत्नी २६ वर्षीया सुना नेपालीले क्वारेन्टिनमा छोराको जन्म दिएको ठाँटी स्वास्थ्य चौकीकी अनमी सम्झना सिंहले जानकारी दिइन्।

शिशुको तौल साढे ३ किलो रहेको र आमा र बच्चालाई सुरक्षित ठाउँमा राखिएको जनाइएको छ ।

गाउँलेहरुसँगै जेठ १३ गते भारतको दिल्लीबाट आएका उनीहरुलाई क्वारेन्टिनमा राखिएको थियो।