रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा राजपुर नगरपालिकाका ३३ जना, इशनाथ नगरपालिकाका १५ जना, मौलापुर नगरपालिकाका ६ जना र बोधिमाई नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ।