शुक्रबार नेपालमा हालसम्मकै बढी कोरोना संक्रमित देखिएका छन्।
पछिल्लो २४ घण्टामा नेपालमा १७० थप जनामा कोरोना पुष्टि भएको हो। यो संख्या अहिलेसम्मकै बढी हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १७० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए।
यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको कुलसंख्या १,२१२ पुगेको छ। जसमध्ये कोरोना संक्रमणपछि उपचार गरेर निको हुने व्यक्तिको संख्या २ सय ६ पुगेको छ । संक्रमणबाट ६ जनाले ज्यान गुमाएका छन् ।