logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहटमा भेटिए थप ५६ जना कोरोना संक्रमित


अंकुरण खबर
637
Shares

रौतहटमा शुक्रबार एकैदिन थप ५६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन्।

जिल्लाको ४ वटा नगरपालिकामा गरि ५६ जना थप कोरोना संक्रमित भेटिएका हुन। जसमध्ये सबैभन्दा बढी राजपुर नगरपालिकामा ३३ जना, इशनाथ नगरपालिकामा १५ जना, मौलापुर नगरपालिकामा ६ जना र बौधिमाई नगरपालिकामा २ जनामा कोरोना सँक्रमण भेटिएको हो।

ईशनाथ नगरपालिकामा थप १५ जनामा कोरोना सँक्रमितहरु भेटिएको नगरपालिकाका स्वास्थय सँयोजक ईसराजुल खाँनले जानकारी दिए।

उनले सँक्रमित सबैजना भारतको दिल्ली र मुम्बईबाट फर्किएर क्वारेन्टाईनमै बस्दै आएको बताए। उनीहरुको गत जेठ ९ गते स्वाब सँकलन गरिएको थियो।