logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विदेशमा समस्यामा परेका नागरिकलाई स्वदेश ल्याउने सरकारको निर्णय


अंकुरण खबर
754
Shares

सरकारले विदेशमा समस्यामा परेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो।

बैठकले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरेको छ। त्यस्तै बैठकमा कुन-कुन चरणमा कस्तो अवस्थाका नागरिकलाई फर्काउने भन्ने विस्तृत कार्ययोजना प्रस्तुत भएको छ।

विभिन्न देशमा रहेका नागरिकहरु जो स्वदेश फर्किन चाहन्छन् उनीहरुको विवरण परराष्ट्र मन्त्रालयले बढीमा १० दिनभित्र संकलन गरेर सूची तयार पार्ने वैठकले जनाएको छ । सोही सूची अनुसार क्रमशः उनीहरुलाई स्वदेश फर्काउने कार्ययोजना छ ।

साथै, सरकारले लकडाउनका बेला स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई २० नाका तोकेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए।