समसामयिक विषय बस्तुमा छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केही बेरपछि बस्न लागेको छ।
कोरोना भाइरस, संविधान संशोधन, अमेरिकी परियोजना एमसिसीलगायत विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । बैठकमा सरकारले बिहीबार ल्याएको बजेटको विषयमा समेत समिक्षा हुने लजनाइएको छ ।