रुकुम पश्चिममा अन्तरजातीय विवाहका विषयलाई लिएर ६ जनाको ज्यान गएको घटनाप्रति संयुक्त राष्ट्र संघ अन्तर्गतको मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर)ले गम्भीर चासो व्यक्त गरेको छ।
ओएचसीएचआर प्रमुख मिशेल ब्याचलेटले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनामा शोक व्यक्त गर्दै स्वतन्त्र अनुसन्धान गर्नुपर्ने बताएकी छन्। नेपाल सबै प्रकारको जातीय विभेद उन्मूलन सम्मेलनको एक पक्ष राष्ट्र भएको स्मरण गराउँदै मिशेलले नेपालमा दलितहरूले गहिरो भेदभावको सामना गरिरहनु चिन्ताजनक भएको बताएकी छिन्।
साथै उनले विज्ञप्तिमा रुपन्देहीको देवदहमा शंकास्पद रुपमा ज्यान गुमाएकी १२ वर्षीया दलित किशोरीका बारेमा पनि चासो व्यक्त गरेकी छिन्।