नेपालमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीको डाकनेश्वरी नगरपालिकाका ९ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैखेलको नारायण नगरपालिका वडा नम्बर २, ३, ४, ६, ८, ९ , १० र ११ का १४ जना गरी २३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।
संक्रमितहरु ७ देखि ७० वर्ष उमेर समूहका रहेका छन्।