logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

देशभर बदली: केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना


अंकुरण खबर
1.274K
Shares

देशभरको मौसम आइतबार सामान्यत बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भएको छ। पश्चिमी वायुको आंशिक प्रभाव र पूर्वी भू–भाग नजिकै बनेको निम्न चापीय रेखाको प्रभावका कारण मौसम बदली भएको हो । यस्तै हाल स्थानीय वायुको पनि प्रभाव रहेको छ ।

आइतबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिम पहाडमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुने छ ।

पूर्वका केही स्थानसहित मध्य तथा पश्चिम पहाडका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।