logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

कोरोना आशंकामा गुल्मीको क्वारेन्टाइनमा बसेका एक व्यक्तिले गरे आत्महत्या


अंकुरण खबर
2.769K
Shares

गुल्मीको छत्रकोट गाउँपालिका-४ दिगामस्थित आदर्श माविको क्वारेन्टाइनमा ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेका छन् ।

साँझ परेपछि शौचालय जान्छु भनेर नजिकैको झाडीतर्फ गएका उनी धेरै बेरसम्म नआएपछि खोजी गर्दा २ सय मिटर टाढाको रूखमा झुन्डिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

कोरोना संक्रमण भएको आशंकाले उनको शव व्यवस्थापनमा चुनौती देखिएको छ । आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन ।

उनी भारतको दिल्लीबाट अन्य छ जनासँगै शनिवार बिहान मात्र आएर क्वारेन्टाइनमा बसेका थिए ।