logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ, आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
624
Shares

आज आइतबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ। नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६९ पैसा र बिक्रीदर १२१ रुपैयाँ २९ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३४ रुपैयाँ ४३ पैसा छ भने बिक्रीदर मूल्य १३५ रुपैयाँ १० पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ९१ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ६५ पैसा छ।