डडेलधुराको क्वारेन्टाइनमा राखिएका जिल्लाको नवदुर्गा गाउँपालिका–३ का एक बालकको मृत्यु भएको छ ।
शनिबार राति १२ बजे जिल्ला सदरमुकाम नजिकै रहेको डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका बालक मृत्यु भएको डडेलधुराका प्रहरीले जानकारी दिएको छ ।
आमाबुबासँगै शनिबार गौरीफण्टा नाका भएर आएका सबैलाई आइतबार गाउँ लैजाने गरी डडेलधुरा सदरमुकाममा रहेको डडेलधुरा बहुमुखी क्याम्पस क्वारेन्टिनमा राखिएको थियो ।
राति बालक अचानक बिरामी भएपछि अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
क्वारेन्टिनमा मृत्यु भएका बालकको आजै स्वाबको नमुना लिएर पीसीआर परीक्षणका लागि कैलाली प्रयोगशालामा पठाउने डडेलधुरा अस्पतालले जनाएको छ ।