logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय नागरिकबाट प्रहरीमाथि आक्रमण प्रयास, प्रहरीद्वारा हवाई फायर


अंकुरण खबर
741
Shares

सर्लाहीको विष्णु गाउँपालिका– २ पकडीमा भारतीय नागरिकबाट ड्युटीमा रहेको सशस्त्र प्रहरीको बीओपी टोलीमाथि आक्रमणको प्रयास भएपछि प्रहरीले आज विहान हवाई फायर गरेको छ ।

अन्तर्राष्ट्रिय सीमा बन्द र लकडाउनका बीच एकजना भारतीय नागरिक केही सामान लिएर जर्बजस्ती नेपाल प्रवेश गर्न खाजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यसपछि ती युवकले नजिकैको गाउँबाट ४०/५० जनाको समूहमा आएर प्रहरीमाथि आक्रमण गर्न खोजेपछि एक राउण्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरीले जनाएको छ ।

अहिले स्थिति सामान्य रहेको बताइएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सीमामा खटिएको सशस्त्र प्रहरीको टोली माथि यसअघि पनि पटक–पटक अवरोध हुने र आक्रमणको प्रयास भएको थियो । भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेका कारण केही ठाउँमा विवाद हुँदै आइरहेको छ ।